कृषि प्रसार र अनुगमनमा मिडियाको खाँचो

प्रादेशिक कृषि विकासका विभिन्न क्रियाकलापहरुका माध्यमबाट कृषि ज्ञान र प्रविधि प्रसार तथा प्रकृयागत र लाभगत प्रभावकारिताको अनुगमन गर्नका लागि मिडिया सहकार्यको खाँचो रहेको सरकोकारवालाहरुले बताएका छन् । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले हालै पोखरामा आयोजित एक समारोहमा कृषि प्रसारमा सहभागी मिडिया र कृषि प्रविधिकहरुका बीचको अन्तरसम्बादका क्रममा सहभागीहरुले उक्तकुरामा जोडदिएका छन्। सम्बादका क्रममा कृषि निर्देशनालयका प्रमुख बासुदेव रेग्मीले छलफलपत्र प्रस्तुत गर्दै प्रादेशिक कृषि जनशक्तिको न्युनताका कारण जनअपेक्षा अनुरुप सेवा प्रवाह हुन नसकेको स्वीकार गर्दै विगतका कृषि लगानीहरु दलहन र तेलहन बालीमा न्युनताका कारण दाल र तेल उत्पादनमा विदेशको आयातमा भरपर्नुपर्ने अवस्था रहेको तथा तरकारी खेतिमा लगानी बढाइएको कारण तरकारी आयातमा न्युनिकरण हुदै गएको चर्चा गरे ।

कृषि बिकासमा सरकारी प्रविधिकहरुको हेराइ सबैतिर नपुग्ने र मिडीयाको अवलोकनले दिने पृष्ठपोषणले अझ राम्रो बनाउन सघाउने हुँदा मिडियाहरुले स्वतन्त्र रिपोर्टीङ्गले विकासका लागि पनि सकारात्मक योगदान पुग्ने रेग्मीले बताए । सरकार भन्दा पहिला मिडीयाले अनुगमन गर्ने हुनाले विकास अनुगमनमा मिडिया परिचालनले सहजिकरण हुने तथा निष्पक्ष पत्रकारीताले कृषि ज्ञान केन्द्रका सूचना प्रवाह गर्नका लागि पनि सहकार्य हुने रेग्मीले बताए ।

कृषि विकासमा प्रविधिक यान्त्रीकरणका लागि जनशक्तिको तालिम र संचारीकरणको योगदान महत्वपुर्ण देखिएको कृषि तालिमकेन्द्रका प्रमुख विष्णु घिमिरेले छलफलका क्रममा बताए । प्रविधिक प्रस्तुतीहरुमाथी संचारकर्मीहरुका तर्फबाट टिप्पणी गर्दै परसुराम आचार्यले मौसमी खेतिको आँकडाका बारेमा कृषि सरकारमा अभिलेख नहुने तर असीना पानी वर्षेर नोक्सान हुँदा किसानहरुले यति र उति नोक्सान भयो भने पछि तीनै सूचनाका आधारमा रिपोर्टिङ्ग गर्नु पर्ने बाध्यता रहेको , चैते धानको खेतिगर्ने किसानहरुले प्राविधिक परामर्श पाउन नसकेको तर्फ प्रविधिकहरुको ध्यानाकर्षण गरे । कृषि निर्देशनालयले विधागत कृषि सूचना दुरुस्त पार्ने तथा गोष्ठीमा गर्न खर्च भन्दा किसानका खेतबारीमा गर्ने छलफलल बढी योगदान पुग्ने तर्र्फ ध्यान दिन आचार्यले आग्रह गरे ।

स्याङ्गजाका रेडियोकर्मी राधाकृष्ण शर्माले सरकारी निकायहरुबाट बितरण गरिएका अनुदान मुलक प्याकेज दोहरीएको र बलीयाहरुले पहुँच पुर्याउने गरेको गुनासो गरे । यसैगरि लमजुङ्गका संचारकर्मी श्याम सुन्दर परियारले कृषि कर्मीहरुको सफलताको कथा प्रस्तुत गर्दा सकारात्मक कुराको प्रचार बढी गरिने तर लाभ दीगो राख्नाका लागि र घाटा न्युनीकरण गर्नका लागि गरिएका जुक्तीहरु नपस्कीदा कतिपय किसानहरुको कृषि पेशा घाटामा पुगेको तर्फ ध्यानाकर्षण गराए । यस्तै पोखराका संचारकर्मी धनबहदुर गुरुङ्गले किसानहरुले अनुदानमा लगेका सामग्रीहरुको उचित प्रयोग हुन नसकेको तर्फ ध्यानाकर्षण गराए । बागलुङ्ग ढोरपाटनका संचार कर्मी विजय नेपालीले किसानहरुका लागि अनुदानमा कोल्डरुम वितरण गरिएको सूचना आउने गरेको तर कतिवटा नियमित संचालनमा छन् र कति वटा संचालन विहिन छन् भन्ने बारेमा पनि चासो दिनु पर्ने र किसानको उत्पादनलाई सरकारले नै खरिद गरेर बजार पुर्याउने प्रणालीको विकास गर्न सुझाए ।

कृषि प्रसारका लागि सरकार र मिडीया सहकार्यका लागि प्रादेशिक रुपमा न्युज रुम संचालन गर्न तथा कृषि खबर कवरेजका आधारमा मिडिया प्रोत्साहन लगायत पत्रकारका लागि क्षमता विकास क्रियाकलापको मात्रा बढाउन सकेमा कृषि मिडया सक्रियता विस्तार हुने र कृषि प्रसारमा मिडिया जागरुकता बढने सबालमा प्रादेशिक कृषि सरकारको ध्यान जानु पर्ने अर्का प्रस्तोता रामचन्द्र बरालले प्रस्तुति राखेका थिए । छलफलका क्रममा कृषि अनुसन्धान परिषदको पोखरा बागबानी केन्द्रका वैज्ञानिक सरोज अधिकारीले नार्क लगायतका संस्थाहरुबाट संचालनमा ल्याइएको टोल फ्री नं र किसान परामर्श सेवाबाट लाभ लिन सकिने आग्रह गरे ।

Facebook Comments