कृषि ज्ञान केन्द्र गोरखामा प्रयोगशाला सेवा

गोरखा जिल्लामा धाबालीमा रोगकीरा तथा खाद्यतत्व अभावले गर्दा विभिन्न धानको बोट पहेलिने तथा मर्ने जस्ता समस्या देखापरेका छन् ।  धान वालिमा देखिएको यो समस्या निराकरणका लागि  माटो परिक्षण सेवा सुरु गर्र्दै माटोको सुक्ष्मतत्वको आवस्था पहिचान गरि कृषि बाली र कर्म सिफारिस गर्ने अभ्यास थालीएको कृषि ज्ञान केन्द्र गोर्खाले जनाएको छ । 

कृषि ज्ञान केन्द्र गोरखाले चालु वर्षमा  प्रयोगशाला सेवा अन्तर्गत  माटो परीक्षण सेवा तथा सामान्य बाली संरक्षण प्रयोगशाला सेवाको सुरुवात गरेको जनाइएको छ  । प्राप्त माटोको नमुनाबाट नाइट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ तथा पी.एच. विश्लेषण गरी नतिजाको आधारमा आवश्यक मलखाद सिफारिस गरिने ज्ञान केन्द्र प्रमुख मनिता थापाले व्युरोलाई जनाएकी छन् । 

केन्द्र प्रमुख थापाका अनुसार माटोको नमुना परिक्षणका लागि परीक्षण गरिएको पारामिटर तथा नमुना संख्याको आधारमा नियमानुसार लाग्ने प्रयोगशाला शुल्क लिइनेछ  । विद्यार्थी, संघसंस्था तथा अनुसन्धानकर्ता आदिबाट प्राप्त नमुनाहरु हाललाई परीक्षण नगरिने जनाइएको छ । कार्यालय खुल्ने दिन र समयमा नमुना पेश गर्न सकिनेछ तर यस केन्द्रमा न्यून जनशक्ति भएका कारण एक महिनाभरी प्राप्त भएका नमुनाहरुलाई एकैपटक परीक्षण गरिने प्रावधान मिलाईएको समेत ज्ञान केन्द्रले जनाएको छ ।

त्यसैगरी स्थानीय तहमा कार्यरत कृषि प्राविधिक वा यस केन्द्रमा कार्यरत प्राविधिक वा अन्य कृषि प्राविधिकको सल्लाह बमोजिम बैज्ञानिक तरिकाबाट लिइएको नमुना मात्र परीक्षण गरिने र यो सेवा गोरखा जिल्लाभित्रका कृषकका लागि मात्र प्रदान गरिने पनि जनाइएको छ । यस भन्दा अगाडि माटो परीक्षण गराउन पोखराको प्रयोगशाला वा केन्द्रीय प्रयोगशाला नै जानुपर्ने अवस्था थियो भने अव कृषि ज्ञान केन्द्र गोरखाले माटो परिक्षण र बाली संरक्षण प्रयोगशालाका सेवा प्रवाह गर्न लागेको हो । 

Facebook Comments