कृषि उपज बजारीकरण चुनौतिपुर्ण

महेन्द्र जिसी र लक्ष्मण विसि, पर्वत
पर्वतका कृषकहरुले कृषीउत्पादनमा प्राबिधिक सहयोग र कृषिबजारीकरणको समस्या भएको बताएका छन् । कृषिविकास निर्देशनालय गण्डकी प्रदेश पोखराले कृषि ज्ञान केन्द्र पर्वतमा बुधबार आयोजना गरेको कृषि उपजउत्पादक र व्यापारीहरु बिचको अन्तरक्रियाकार्यक्रममा कृषकहरुले कृषिउत्पादनमा जोड दिए पनि प्राबिधिक ज्ञानको कमिले उत्पादनमा ह्रास आएको बताएका छन् ।
कृषि विकास निर्देशनालय पोखराको आयोजना र कृषि ज्ञान केन्द्र पर्वतको समन्वयमा कृषक र बिक्रेताका बिचमा भएको छलफलमा किसानहरुले उत्पादनले सहज बजार नपाएको गुनासो गरेका छन् । किसानले कोल्ड स्टोर नहुँदा तरकारी तथा फलफुलको भण्डारण गर्न नसकिएको, बिचौलियाको प्रभावका कारण वास्तविक मुल्य नपाएको, अनुदान वितरणमा पनि भनसुन चल्ने गरेको, बजारमा कृषि पसलको मुल्यमा एकरुपता नभएको , ढुवानीमा धेरै झण्झट हुने गरेको लगायतका समस्या राखेका हुन । उत्पादन देखि बजारीकरण सम्मका यस्ता समस्या समाधान नहुँदासम्म कृषिको व्यवसायिककरण हुन नसक्ने र यूवा पलायनता बढ्दै जाँदा उत्पादनमा हरास आएको सहभागीले बताए ।
फलेवास नगरपालिका ३ शंकरपोखरीकाअगुवा कृषक लक्ष्मिदत्त भुसालले प्राबिधिक ज्ञानको कमिले उत्पादन वृद्धि गर्न नसकेको दुखेसो गरेका छन् । मौसमीतथा बेमौसमी तरकारी खेतीगर्दै आएका भुसालले पछिल्लो समय अज्ञात रोगको प्रकोपले लाखौं मुल्य बराबरको गोलभेडा नष्ट गर्नुपरेको सुनाए । यो रोगको प्रकोप जिल्लाभर भएका कारण रोग निवारणको लागिपहलगर्न उनले आग्रह गरेका गरे ।
त्यस्तै मोदीगाउँपालिका ६ गिज्याङकी कृषक दिलमाया नेपालीले उत्पादित कृषि उपजबिक्रीका लागि बजारको अभाव भएको बताइन् । टाढाको बजार पुर्‍याउन ढुवानीको समस्याभएको उनले दुखेसो गरिन । बिचौलियाका कारण वास्तविक मुल्यपाउन नसकेको नेपालीको भनाई थियो ।
कृषकहरुले कृषकहरूलाई प्राबिधिक ज्ञान र सचेतना सम्बन्धि तालिमको व्यावस्थागर्नुपर्ने, बजारीकरणको लागि सवारीको व्यवस्था गर्नुपर्ने, वास्तविक कृषकहरुलाई मात्र अनुदानप्रदानगर्न अनुरोध गरेका छन् ।
कृषि विकास निर्देशनालय पोखराका निर्देशक बासुदेव रेग्मीले किसानहरुले बजार माग र आवश्यकतालाई मध्यनजर गर्दै उत्पादन गर्नुपर्ने कुरामा जोड दिए । कृषिलाई उद्यमको रुपमा विकास गर्ने र सहकारी अवधारणामा खेती प्रणाली अपनाउनु पर्ने रेग्मीले बताए ।
सरकारले दिएका कृषि अनुदान र प्रोत्साहनको दुरुपयोग हुन नदिन नियमित अनुगमन आवश्यक रहेको सहभागिहरुले बताएका छन । अहीले पनि मकै जोन , कृषि विकास कार्यलय, मुख्य मन्त्री कृषि कार्यक्रम तथा स्थानीय सरकारहरुले वितरण गर्दै आएको अनुदानको सही सदुपयोग नभएको कार्यक्रममा सहभागिहरुले बताएका छन् । पर्वतमा भैरहेको काम र कृषि रणनीतिका बारेमा कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले छलफलपत्र प्रस्तुत गरेकी थिइन् । थापाले किसानको उत्पादन सहज बजार पठाउन विभिन्न स्थानमा संकलन केन्द्र स्थापना गरिएको, ढुवानीमा अनुदान दिईएको, बजारीकरणका लागि पहल गरेको, विभिन्न तालिम तथा परामर्श दिँदै आएको बताईन । पर्वत खाद्यन्नमा उत्पादनमा आत्मानिर्भर भएपनि उपभोगमा परनिर्भर रहेको र तरकारी , फलफुलमा परनिर्भर रहँदै आएको कार्यपत्र ज्ञान केन्द्र पर्वतले प्रस्तुत गरेको हो । व्यावसायिक खेतीपाती र उत्पादन बृद्धिका लागि केन्द्र, प्रदेश र स्थानीय तहकुा बिचमा समन्वयात्मक एक रुपतात्मक सम्बन्ध अहीलेको आवश्यक रहको कार्यक्रमका बक्ताहरुले बोलेका हुन । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले जिल्लाको समग्र कृषिको राम्रो संभावना रहेको हुनाले पछिल्लो समय यूवाहरुको आकर्षण बढेको र उनीहरुलाई राज्यले थप प्रोत्साहन गर्नुपर्ने सबै क्षेत्रको जोड हुनु पर्ने बताए ।

Facebook Comments