कृषकहरु वहुआयमिक र व्यवसायीक कृषितर्फ आकर्षित

सिर्जना अधिकारी , लमजुङ

जिल्लामा क्रियाशिल गैरसरकारी सँस्था च्वाईस नेपालले सञ्चालन गरेको विभिन्न परियोजनाको सरोकारवाला निकायले अनुगमन गरेका छन् । जिल्लाको सदरमुकाम बेसीशहर र राईनासमा सञ्चालित जिविको पार्जन अन्तर्गन गोठ सुधार कार्यक्रम र  खानेपानी योजना को अनुगमन भएको हो ।

       जिल्ला समन्वय समिति लमजुङका प्रमूख लोकराज पाण्डेको नेतृत्वमा स्थानिय तहका प्रतिनिधी, कृषि ज्ञान केन्द्रका प्रमूख, जिल्लाका सञ्चारकमी र अन्य सरोकारवाला निकायाको सहभागितामा अनुगमन भएको हो ।

अनुगमनको क्रममा राईनासको धमिलीकुवामा सञ्चालित गोठ सुधार कार्यक्रम, बेसीशहर–७ मा निर्माण धिन काउ खोला खानेपानी आयोजना, बेसीशहर २, भकुण्डेस्थित भकुण्डे खानेपानी आयोजनाको  अनुगमन भएको हो ।

त्यसैगरी बेसीशहरको भकुण्डे र राईनासको धमिलीकुवामा सञ्चालित परियोजनाबाट स्थानिय कृषकहरुले बहुआयमीक र व्यवसायिक कृषितर्फ आकर्षित भएको पाइएको छ । परियोजनाको सहयोगमा स्थानिय कृषकहरुले सुधारीएको गोठमा पशुपालन गर्ने र त्यहि पशुको मलमुत्र प्रयोग गरी व्यवसायिक र अर्गानिक तरकारी खेतीगर्न थालेको पाइएको छ ।

कृषकहरुलाई अर्गानिक खेतीका लागि उत्प्रेरित गराई उनिहरुको आयआर्जन बृद्धि गराउन नगरपालिकाको साझेदारीमा परियोजना सञ्चालन भएको संस्थाले जनाएको छ । कृषकहरुका लागि सुधारीएको गोठ निर्माणसँगै व्यवसायिक र अर्गानिक तरकारी खेतीको लागि आधुनिक टनेल पनि सँस्थाले उपलब्ध गराएको छ ।

परियोजना संचालन क्षेत्रमा नर्सरी, अर्गानिक तरकारी खेती, पशुपालन, खाद्यसुरक्षा, पोषण र व्यबसायिक बिकासमा क्षमता अभिबृद्धिका कार्यक्रमहरु सञ्चालन भएको सँस्थाले जनाएको छ । परियोजनाबाट जिल्लाका दुइसय भन्दा बढि कृषकहरु लाभान्वित भई व्यवसायिक कृषितर्फ उन्मुख भएको पाइएको छ ।

Facebook Comments