कुरिलो तरकारी खेति गर्न वडाको सहजीकरण

नारायण भुर्तेल,

पर्वतको पैयुँगाउँपालिका वडा नम्बर ५ ले कुरिलो तरकारी खेति सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ ।  बहुवर्षीय तरकारी बालीको रुपमा चिनिने कुरिलो तरकारी खेति तालिम दिएर आफ्ना वडा बासीहरु कृषिमा अग्रसर बनाउने उद्देश्यले यो तालिम दिएको हो । न्यानो र समशितोष्ण हावापानी भएको खासगरी मध्य पहाडी क्षेत्रमा सफलतासाथ गर्न सकिने खेती कुरीलो खेतिको सम्भावित ठाउँ पैयुँ पनि हो । कृषकले आफनो पाखा पखेराहरूमा व्यावसायिक रुपमा कुरीलो खेती गरी अतिरिक्त आम्दानी गर्न सक्ने छन । यसको जमिनवाट निस्केको कलिलो टुसालाई तरकारीको रुपमा प्रयोग गरिन्छ । कुरीलो तरकारी खेती औषधीको रुपमा समेत प्रयोग हुदा यो खेति व्यवसायिक रुपमा गर्नु पर्ने भन्दै पैयँुगाउँपकिा वडा नम्बर ५ का अध्यक्ष उमाकान्त भुर्तेलले अहिले सम्म निर्वाह मुखी कृषि मात्र गरेको तर अब यसरी जिवन निर्वाह नहुने बताए ।

उनले जिवन निर्वाहको लागि मात्र कृषि नगरी व्यवसायिक रुपमा कृषी गरी सफल कृषक बन्न र तालिमा सिकेको कुरा व्यावहारीक रुपमा लागु गर्न सबै वडा बासीलाई आग्रह  गरेका छन ।  तालिममा जिवराज घिमीरे र लुमकला घिमिरेले सहजीकरण गरेका थिए । कुरिलो तरकारी खेति एक पटक लगाए पछि राम्रो हेरचाह, गोडमेल, मलजल गरेमा लगातार १५–२० वर्षसम्म बाली उत्पादन लिन सकिन्छ ।

Facebook Comments