किसानहरुलाई उन्नत जातका बोका वितरण

सिर्जनाअधिकारी, लमजुङ

दुधपोखरी गाउँपालिकामा व्यावसायिक रुपमा वाख्रा पालनगर्दै आएका किसानलाई निःशुल्क उन्नतजातको वोकावितरण गरीएको छ । दुधपोखरी गाउँपािलकापशुसेवाशाखाले गाउँपालिकाभित्रका १५ जना व्यवसायीक वाख्रापालन गर्नै  किसानहरुलाई उन्नत विटल क्रस जातको वोका वितरण गरेको दुधपोखरी गाउँपालिकाको नायव पशु स्वास्थ्य प्राविधिक दिनेश गुरुङले वताए ।

गुरुङका अनुसार दुधपोखरी गाउँपालिका १ कावाख्रा पालक किसान तौ वहादुर गुरुङ, २  को प्रेम प्रसाद दवाडी, वालकृष्ण दवाडी, रमेश दवाडी, ३ का  राम तामाङ, ४ का  गुमानसिंह तामाङ, वमवहादुर तामाङ, राजु गुरुङ, आशमाया गुरुङ, रहेका छन् ।

यस्तै वडा नं ५का किसान धन वहादुर गुरुङ, ६ का केरे गुरुङ, धन प्रसाद गुरुङ, प्रेम वहादुर गुरुङ, धनराज थापा, र मन वहादुर गुरुङलाई उन्नत जातको व्याडे वोका वितरण गरिएको हो । 

ब्याडे वोका आवश्यकता परेका गाउँपालिका भित्रका किसानहरुको निवदेनका आधारमा छनौट गरी प्रतिवोका रु १५ हजार मुल्य वरावरको निशूल्क १५ वटा ब्याडे वोकावितरण गरेको पशु सेवा शाखा प्रमुख लोकराज कोइरालाले वताए ।

उन्नतजातको वोकामा प्रजनन क्षमता बढी हुने र यि जातको वोका लगाएमा वाख्रीबाट जन्माएको पाठा पाठी पनि उन्नत जातको जन्मिने हुदा किसानलाई व्यवसायिक बनाउन वोका वितरण गरिएको पशु सेवाशाखाले जनाएको  छ । दुधपोखरी गाउँपालिकाको अध्यक्ष छुपि माया गुरुङले वितरण गरिएको वोका ब्याडको रुपमा राख्दा पनि आम्दानीहुने भएकाले किसानहरुलाई सहज हुने वताइन् ।

वोकावितरण कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष कमल प्रसाद धिताल र अन्य पदाधिकारी तथा  पशुसेवा शाखाका कर्मचारी लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

Facebook Comments