किसानलाई समस्याको भारी : सरकार रमिते भारदारी

नारायण निर्भीक

गरिखाने उद्यम जे गरेपनि हुन्छ, युगधर्म अनुसारको व्यवसाय गर्न अप्ठेरो मान्नु हुदैन भन्ने मान्यताले २०७१ सालमा वालिङ—१४, तमादीका भीम लुईटेलले बंगुरपालनमा हात हाले । देशमै केही गर्नु पर्छ भन्ने सोचका साथ संयुक्त अरब इमिरेट्समा सात वर्ष रोजगारी गरेर फर्किएपछि उनले यो पेसामा हात हालेका हुन । फार्म सुरु गर्दा बाहुनको छोराले बंगुर पाल्यो भनेर कतिपयले आलोचना गरे । तर यिनले वास्ता गरेनन् । २७ वटा बंगुरबाट सुरु गरेका फार्मबाट राम्रै आम्दानी हुदै गएको थियो । तर अहिले कोरोना भाइरसका कारण बंगुरका पाठा बेच्न नपाए पछि उनि समस्यामा परेका छन । करिब २ सय भन्दा धेरै पाठा अहिले बेच्न हुने अवस्थामा छन् । २ सय ५० को क्षमता रहेको उक्त फार्ममा अहिले ५ सय भन्दा धेरै बंगुर छन । दैनिक एक दुई पाठा मर्ने गरेका छन । दाना खुवाउन पैसा नहुदा अहिले समस्या परेको छ । हिजो राज्य संग नमाग्ने भिम आज राज्य संग गुहार माग्दै छन । केही समयलाई राज्यले केही रकम ,ऋण अनुदान दिएमा व्यवस्थित साथ पाठा राख्न र उनिहरुलाई दाना खुवाउन सकिने बताउनुछन इलमी भिम ।


यतिबेला तिनै तहका सरकारले कृषकको समस्यालाई ध्यान नदिएको अवस्था छ । कोरोनाभाइरसका कारण नमरे पनि व्यापारले मार्न बाध्य बनाएको भिमको गुनासो छ ।
समयमै सरकारले सहयोग नगरे भोलि के होला भन्न सकिने अवस्था नरहेको भिम बताउछन ।
भिम त एक उदाहरणका पात्रमात्र हुन । स्याङ्जा पर्वत लगायत देशभरका किसानको समस्या अहिले उस्तै छ । यो बेला कृषकहरुलाई ठुलो समस्या परेको सुन्तला सुपरजोन स्याङ्जाका अध्यक्ष बोधराज अर्याल बताउँछन् ।
हुन त सरकारले कृषिमा ठुलो लगानी गरेको बताउँछ । स्थानिय सरकारहरु पनि विकासको काम तिव्र भएको बताउँछ । तर व्यवस्था फेरिएको मुलुक धान्ने कृषकको अवस्था कहिल्यै फेरीएन । यो लक डाउनको बेला देशभरका किसानको अवस्था बुझेर समस्याको समाधान तत्काल गर्न सबै सरकार लागि परेको भने देखिएन । किसानलाइ समस्याको भारीले थिचेको छ, सरकार कारोना देखाएर रमिते भारदारी बनिरहेको किसानको गुनासो छ ।

Facebook Comments