किसानलाई चिठ्ठी

कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन (११३५ मा प्रत्येक  सोमबार दिँउसो २ देखि ४ बजे सम्म फोन गर्नुहोस् ।

रामबहादुर केसी/NARC

मध्य पहाडमा हिउँदे मकैको उन्नत जातहरुः मनकामना —२, मनकामना —४, मनकामना—५, मनकामना—६, देउती, पोसिलो मकै –१, शितला आदिको गुणस्तरीय बीउको समयमानै व्यवस्था गरि लगाउनुहोस् ।

फलफूल तथा तरकारी बालीमा लाग्ने पाउडरी मिल्ड्यु रोगको व्यवस्थापनको लागि बारी सफा सुग्घर राख्ने,रोगी पातहरु जम्मा गरेर जलाउने वा खाल्डोमा पुर्ने गर्नुहोला । साथै सल्फरयुक्त विषादी क्याराथेन २ मि.लि. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि ७—१० दिनको फरकमा २–३ पटक छर्कनुहोस् । बोट ओइलाउने रोगको लागि कार्बेन्डाजिम – बेभिष्टिन– १ लिटर पानीमा २ ग्राम घोली ड्रेन्चिङ गर्नुहोस्।

ग्रीष्मकालीन समयमा माछापोखरीमा पानीको गहिराई ४–५ फीट कायम गर्नुहोस्,  जलीय वनस्पति हटाउनुहोस्, साथै पोखरीमा अक्सिजनको पर्याप्त मात्रा कायम राख्न वायुयन्त्रको प्रयोग गर्नुहोस् ।

नेपालमा पहिलोपटक गाईहरुमा लम्पी स्किन डिजिज देखापरेको र लामखुट्टे, किर्ना र भुसुनाले रोगी गाईबाट स्वस्थ गाईमा सार्ने भएकोले यिनीहरुको टोकाईबाट सुरक्षित राख्ने उपायहरु अपनाउनुहोस् । रोगी पशुहरुलाई राम्रो हेरविचार गरि संतुलित पौष्टिक आहारा खुवाई थप ब्याक्टेरियल संक्रमणहरु बाट जोगाउन ३–४ दिनसम्म एन्टिवायोटिक प्रयोग गर्नुहोस ्।

गोलभेँडामा लाग्ने अगौटे डढुवारअल्टरनेरिया थोप्ले रोगको अनुकुल मौसम भएकोले रोगको व्यवस्थापनको लागि डाईथेन एम–४५, २ ग्राम प्रति लिटर पानीमा मिसाई ७–१० दिनको फरकमा २–३ पटक पात भिज्ने गरि पानी नपरेको समयमा स्टिकर मिसाई छर्कनुहोस्।

धानबालीमा लाग्ने पातेफेद डढुवा रोगको नियमित अनुगमन गर्नुहोस्। धानबालीमा गबारो कीराको वयष्क साँझको समयमा देखिने र पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले यसको नियमित अनुगमन गर्नुहोस्।

धानबालीमा गवारो कीराको प्रकोप भएमा फिप्रोनिल ०.३५ जी. वा कारटाप हाईड्रोक्लोराइड ४ जी. १५ देखी २० के.जी. प्रति हेक्टरको दरले साँझको समयमा छर्कनुहोस् । विषादी छर्किंदा खेतमा पर्याप्त चिस्यान हुनु जरुरी छ ।

मध्यपहाडको बारी जग्गामा भदौमा रोप्न जनकदेव, डेजिरे, कार्डिनल, खुमल उज्जवल, खुमल उपहार मध्ये उपलव्ध आलुको बीउ मौसमको अवस्था हेरि रोप्नुहोस्। जग्गा तयारीबेलामा कम्पोष्ट १०००,डि.ए.पि. १०.९, युरिया २.२,र म्युरेट अफ पोटास ५.० के.जी. प्रति रोपनीको दरले प्रयोग गर्नुहोस्।

खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको नर्सरी पानी नजम्ने गरि राख्नुहोस्र । चालिस दिने मूला रोप्नुहोस् ।

प्रजनन योग्य भैसीहरुलाई ऋतुचक्रमा ल्याउन मिनिट्रस ट्याबलेट वा कोफेकु ट्याबलेट दुई चक्कि प्रति दिनका दरले ८–१० दिन सम्म खुवाउनु होस् ।

Facebook Comments