काहुँ खोलामा किसान बजार सुरु

आरसी टाइम्स ब्यूरो
पोखरा, माघ २०

पोखरा महानगरको सक्रियतामा स्थानीय साना किसानहरुको कृषि उत्पादन बजारिकरण गर्नका लागि विभिन्न पकेट क्षेत्रहरुमा किसान बजार विस्तार गर्ने अभियान अन्तरगत पोखरा १३ को काउँखोला चोकमा किसान बजार सूरु गरिएको छ  । कृषकहरुले उत्पादन गरेका फलफुल तथा तरकारी प्रत्यक्ष रुपमा उपभोक्ताहरुलाई बिक्री गर्ने उद्देश्यले किसान बजार सञ्चालनमा ल्याइएको वडा कृषि सञ्जालका अगुवा टेकनाथ बरालले बताए  ।


श्री पञ्चमीको साहित पारेर गत विहिबार काहूँ खोला चोकमा सुभारम्भ गरिएको किसान बजारमा वडा नं १३ का साना कसिान तथा व्यवसायि कृषि फमृहरुले तरकारी ल्याउने प्रतिबद्धता गरेको जनाइएको छ  । बजारमा हाल १६ वटा स्टल रहेकोमा १५ जना किसान तथा समुह र सहकारीले नियमित तरकारी ल्याउने गरि प्रतिवद्धता जनाएका छन्  ।

१० वर्षका लागि भाडामा जग्गा लिउर कृषि सञ्जालको अगुवाइमा सुरु गरिएको बजार स्थल निर्माणमा वडा न) १३ ले रु ५ लाख सहयोग गरेको र महानगरले पहिलो किस्तामा १ लाख ५० हजार दिउकोमा अव थप ५ लाख बराबरको प्रविधिक उपकरण तथा सामाग्रीहरु सहयोग गर्ने योजना अनुसार थप निर्माणका कामहरु पनि भइरहेको बजार संचालन समितिका अगुवा बरालले बताए  ।


हरेक बिहान ७ देखि साढे दिनभर जसो सामान रहुन्जेल तरकारी कारोबार गर्ने र एक समुहले एक जना किसानलाई स्टल कुर्ने र कारोबार गर्ने जिम्मा लगाउने तयारी भइरहेको प्राङ्गारिक कृषिक समुहकी सदस्य तारा बराललेले बताइन  ।

स्थानीय किसानको प्राङ्गारिक उन्मुख तरकारी उत्पादनमा सहकार्य गरिरहेका कृषि सञ्जालको सहकार्यमा पकेटक्षेत्रमा किसान बजार विस्तार गर्दै जाने क्रममा तेश्रो बजारका रुपमा काहूँखोलामा खोलिएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरीयाले बताए  ।

किसानको उत्साह त पहिलै नै थियो तर सबै व्यबस्थापन मिलाएर खोन्ले क्रममा केही विलम्ब भएको बताउदै किसान बजारको सुभारम्भको क्रममा सम्बोधन गर्दै वडाध्यक्ष लेखबहादुर लामाले कृषि सञ्जालको सक्रियतामा वडाले उर्जा थप्ने प्रतिबद्धता व्यक्त गरे  ।

Facebook Comments