कास्कीकोटलाई अदुवा उत्पादनको पकेटको रुपमा विकास गरिने

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र पोखरा महानगरपालिकाको समन्वयमा असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) ले २०७७ साल साउन महिना देखि कोभिड – १९ प्रतिकार्यका लागि सामाजिक —आर्थिक पुनर्उत्थान परियोजना सञ्चालन गरिरहेको छ । युएनडीपी र पोखरा महानगरपालिकाको आर्थिक साझेदारीमा असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) द्वारा संचालन परियोजना अन्तर्गत जीविकोपार्जन सुधारको लागि कृषि परियोजना अन्तर्गत
कास्कीकोटलाई अदुवा उत्पादनको पकेटको रुपमा विकास गरिने तयारी गरिएको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (UNDP) र पोखरा महानगरपालिकाको आर्थिक साझेदारीमा असल छिमेकी सहयोग संघ (गोनेसा—नेपाल) द्वारा कार्यान्वयन गरिएको जीविकोपार्जन सुधारका लागि कृषि कार्यक्रम अन्तर्गत पोखरा —२४, कास्कीकोटमा अदुवा बाली प्रवर्धन कार्यक्रम संचालन गर्न लागिएको हो ।
उक्त क्षेत्रका झण्डै २०० कृषक घरधुरी सहभागी हुने उक्त कर्यक्रम अन्तर्गत कृषकलाई व्यवसायिक अदुवा खेति सम्बन्धी तालिम तथा अदुवा उत्पादन सामग्री अन्तर्गत आवस्यक बीउमा अनुदान दिने कार्यक्रम रहेको जानकारी परियोजनाका फिल्ड अधिकृत अनिल बाँस्तोलाले जानकारी दिएका छन् । उक्त कार्यक्रम संचालनको सहजीकरणको लागि स्थानीय स्तरमा वडाका सबै भेग समेट्ने गरि तारापती सुबेदीको संयोजकत्वमा १३ सदस्यीय सहजीकरण समिति समेत गठन गरिएको छ । स्थानीय जनप्रतिनिधि तथा कृषक संजालको समेत प्रत्यक्ष सहभागितामा उक्त अदुवा खेति प्रवर्धन कार्यक्रम संचालन गरिएको जानकारी फिल्ड अधिकृत बाँस्तोलाले दिए ।
पोखरा —२४ कास्कीकोटलाई अदुवा पकेटको रुपमा विस्तार गरि आगामी वर्ष उत्पादित अदुवालाई प्रसोधन गरि मूल्य शृंखला वृद्धि गरि बजारीकरण समेत गर्ने गरि कार्यक्रम लागिएको छ । यस कार्यक्रममा पोखरा महानगरपलिका र परियोजनाको संयुक्त आर्थिक लगानी रहने छ भने आगामी वर्ष महानगरपालिकाले कृषि विकास महाशाखा अन्तर्गत कार्यक्रमलाई निरन्तरता दिने छ ।
पिछडिएको वर्ग, विपन्न तथा कोरोना प्रभावित समुदायलाई सामाजिक तथा आर्थिक रुपमा पलायन हुने नदिई पुनरुत्थान गर्ने उदेश्यले संचालित यस परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (undp) तथा पोखरा महानगरपालिकाको संयुक्त आर्थिक साझेदारीमा संचालित छ ।
यस परियोजनाले सन् २०२१ को मे महिनासम्म पोखरा महानगरपालिकाका विभिन्न वडामा कृषि सम्बन्धी कार्यक्रम संचालन गर्ने जनाइएको छ ।