कन्दमूल कृषिमा राज्यको दायित्व बढाउ

कन्दमुल कृषि पर्व विशेष सम्पादकीय

पोखराको ढुङ्गेसाँघुमा माघेसंक्रान्ति मेलाका अवसरमा हुने कन्दमुल प्रवद्र्धनात्मक अभियानले प्रादेशिक कन्दमुल अनुसनधान केन्द्रको स्थापनाको खाँचो र औचित्यबारे बहस चलाएको छ । सदाशिवजी हरिहर मन्दिर व्यवस्थापन समितिले कन्दमुल प्रवद्र्धनात्मक अभियान सञ्चालन गरेर प्रदेशका कृषि विकासका सरोकारवालाहरुलाई प्रादेशिक आत्म निर्भरता र कृषि पर्यटनका रणनितिक सबालहरुलाई व्यवहारमा ल्याउन कृषि सरकारलाई सकारात्मक हस्तक्षेप बढाइरहेको छ ।
रैथाने रुपमा परम्परागत कृषि वस्तुको कारोबार स्थलका रुपमा पहिचान बनाएको ढुंङ्गेसाँघुको मेलाले सदियौं देखि चोयाको भकारी तथा मान्द्रा, फलामका औजार, खुदो बदाम तथा कन्दमूलको व्यापार बाट पछिल्ल दिनमा कन्दमुलका कृषक र पारखीहरुको जम्काभेट गर्ने जक्सनका रुपमा निर्माण भइरहेको थियो ।


यो प्रयासमा पोखरा आरोग्य सेवा केन्द्रका अगुवा र सदाशिवजी हरिहर मन्दिर व्यवस्थापन समितिका अगुवाहरको सक्रियतामा कन्दमुल प्रवद्र्धनात्मक अभियानमा युवाहरुको परिचालन गर्नु र प्रादेशिक कन्मुलको विज बृद्धि तथा विकासका लागि श्रोत केनद्र निर्माणको पहल गरिनु गण्डकी प्रदेशको कृषि विकासका विभिन्न आयामहरुमा रैथाने बाली र बैकल्पीक खाद्यन्नका सबालमा बहस बढाएको छ । रैथाने विकास समुहहरुको सक्रियतामा रचनात्मक सहकार्य गरेर पोखरा महानगर पालिकाले कन्दमुल विकासमा उजेलो बाटो समातेको छ । यो सहकार्यमा सरकारको मात्र मुख ताक्ने नभइ कृषि उत्पादन, प्रसोधन, बजारीकरण र सन्चारीकरण एवं अनुसनधाामा क्रियाशिल संस्थाहरुको सक्रियता जरुरी देखिएको छ ।


सदाशिवजी हरिहर मन्दिर परिसरमा जस्तै गरि प्रदेशका धार्मीक सामाजिक गुठीका जमिनहरुमा कन्दमुल खेति अभियान सञ्चालन गर्न सक्ने हो भने प्रसादका लागि यजमानको मुख ताक्नु पर्ने थिएन, बरु बजारमा पुर्याउन समेत सम्भावना हुने थियो भन्ने पाठ सिकाएको छ ।


ऋषिहरुको तपोक्षेत्रका रुपमा पहिचान बनाएका प्रदेशका कतिपय संरक्षण क्षेत्रहरुमा कन्दमुलका विभिन्न प्रजातीहरु छन् र तिनको विज संरक्षणका लागि पनि सरकारी प्रयासको खाँचो परेको छ । जव सरकारको कृषि विकास क्षेत्रमा कम प्राथमिकता र कृषि सरकारले पनि कन्दमुललाई कम प्राथमिकता दिएको विडम्बना बदलीएको भनिएको सत्तामा पनि विद्यमान रहन्छ भने सामुदायिक नागरिक साझेदारीबाट अनुसन्धान केन्द्रका प्रयासहरु थालनी गरीनु र नयाँ पुस्ताका लागि ज्ञान केन्द्र बनाइनु जरुरी भएको छ ।

एकै वर्षको अवधिमा सुरु गरिएको यो सक्रियताले तरुल, गिठा, भ्याकुरको अलावा वीस प्रजातीका सखरखण्ड र पन्ध्र प्रजातीका पिडालुहरुको विज संकलन र संरक्षण तथा प्रदर्शनी थालेको अभियानले यसपटकको मेलाका अवसरका २० प्रजातीका पिडालु, तरुल र सखरखण्ड प्रस्तुत गर्नु र प्रादेशिक उत्पादकहरमा प्रतियोतिात्मक प्रसारको अभ्यास गरिनु कृषि प्रसार अभियानको नयाँ अभ्यास नै मान्नु पर्दछ ।


अझ गण्डकी प्रदेश सरकारको वातावरण मैत्री नमुना कृषि गाउँ परियोजना र संघीय सरकारको रैथाने बाली विकास कार्यक्रममा सरकारी पहल र बजेटमा हुने कार्यक्रमले भन्दा यसले उचाइको पहिचान निर्माण गर्न सकेको देखियो भने सरकारी विकासको विकल्पमा सामुदायिक विकासले गन्तव्यमा चाडो पुर्याउने निश्चीत देखाउँछ ।

जलवायु अनुकुलनको निमित्त वैकल्पिक अन्नको वंश रक्षा गर्न कन्दमूलका वीउ सघन रुपमा वितरण गरिनु आवस्यक छ । प्रादेशिक किसानहरुमा जलवायु र जंगली जनाबरको प्भावका कारण खेतिमा समस्या भोगीरहेका खबर आइरहेका बेला कन्दमुलको अभियान बाताबरण मैत्री र बजार मैत्रीसँगै जगतका अन्य प्रजातकिा लागि पनि उपयुक्त हुने छ । किनकी कन्दमुलका फलहरु अरुका लागि माटो मुनीको फसल किसानका लागि सुरक्षित हुने हुँदा पर्यावरणका अन्य सहचरीहरुका लागि पनि कन्दमुल सहयोगी हुन सक्ने छ ।
यसकारण हरिहर क्षेत्रका अभियान्ताहरुको कन्दमुल मेलाले परम्परागत खाद्य सस्कृति प्रवद्र्धन गर्न मात्र नभइ कन्दमुल अनुसन्धान केन्द्र निर्माण र कन्दमूल प्रजाती श्रोत केन्द्र स्थापनामा समेत बल पुर्याउनु आवश्यक छ ।

कन्मुलको उपयोग पद्धत्ति पहिचान गरी पर्यटकीय र आयुर्वेदिक मूल्य अभिवृद्धिको गर्न तथा विद्यालयमा विकास गरिने बैकल्पीक कृषि विषयका पाठशालाका रुपमा पनि विकास गर्न सघाउ पुग्ने छ । यो कार्यका लागि ऋषि कृषि अभियानमा सहयोगी हुने अंग र इकाइहरुकासाथै सामुदायिक वन समुह, घरवास पर्यटन समुह र कृषि पत्रकार समुह समेत सकारात्मक योगदानका लागि तत्पर हुनु आवश्यक देखिन्छ ।

जलवायु अनुकुलन तथा खाद्य सुरक्षाको साथमा ग्रामिण पर्यटन प्रवद्र्ध्धन गर्नको निमित्त ऋषि कृषि पद्धत्तिमा उपयोगी नश्ल संरक्षण गर्न यस्ता प्रयासहरु प्रभावकारी हुनसक्छ । गण्डकी प्रदेशको कृषि मन्त्रालयले कन्दमुल अनुन्धान तथा विकास केन्द्रको निर्माणमा अविलम्व पहल गर्नु जरुरी छ भने पर्यटन मन्त्रालयले कन्दमूलमा आधारित खाद्य सस्कृतिलाई पोखरा र काठमाण्डौका तारे होटल सम्म पुर्याउन पाककलामा अनुसन्धान रणनीति अवलम्बन गर्न आवस्यक छ ।

Facebook Comments