कन्दमूल अनुसन्धानमा प्रादेशिक सरकारको स्वामित्व खोजी


कुलराज चालिसे
विश्व बुढो हुदैछ  । विश्वको साथमा नेपाल पनि बुढो हुदैछ  । मृत्युदरको साथै जन्मदर पनि घट्दै छ  । नेपालीको औसत आयु बढदै छ  । यस्को नतिजा वृद्धवृद्धाको रेखदेख गर्ने युवापुस्ताको संख्या दिनप्रतिदिन घट्दै छ  । भएका युवापुस्ता पनि वैदेशिक रोजगारी तथा अध्ययनको बहानामा विदेशीय पछि वृद्धवृद्धा असहाय जस्ता भएका छन्  । उमेरको यो भयाभह अवस्था शहर भन्दा गाउमा डरलाग्दो छ  । वृद्धवृद्धाको रोग प्रतिरोधात्मक शक्ति त्यसै त कमजोर हुन्छ  । त्यसमाथी रसायनिकमल तथा किटनाशक औषधिको सहारामा उत्पादन गरी रसायनिक औषधिकै भरमा भण्डार गरीएको मध्य पनि म्यादनाधेका अन्न उपभोग गर्न गाउँका वृद्धवृद्धा बाध्य हुदा खानपानकै कारणले बढेको क्यान्सर, सुगर, रक्तचाप जस्ता दिर्घरोगको चपेटामा पर्दै गएका छन्  । त्यो भन्दा खतरा तवरले डिमेन्सिया तथा अल्जाईमर जस्ता स्नायुजन्य रोग डरलाग्दो तरिकाले बढेको छ  । गाउ मात्र होइन, शहरका वृद्धवृद्धाहरुले पनि आफुलाई असुरक्षित महसुस गर्दै गएकाछन्  ।

यस्ता रोगहरुको मूलजड हर्माेनहरुको असन्तुलनबाट हुन्छ  । त्यस्तो समस्या समाधानको निमित्त अस्पताल तथा औषधि पसलहरुको कमी त छैन, तर स्वास्थसेवा पनि व्यापारको फन्दामा परेर इमान्दारीको हद पार गरेको छ  । उदार अर्थतन्त्रको नाममा सिमित वर्गको हितमा सकृय सरकार स्वास्थक्षेत्रलाई नियमन गर्न सकेको छैन  । वृद्धवृद्धाको भिडमा पुरुष भन्दा महिलाको संख्या बढी देखिएको छ  । माथी उल्लेखीत रोगले पनि पुरुष भन्दा महिलालाई नै पिडा दिएको हुन्छ  । सरुवारोगलाई जितेको हाम्रो समाज नसर्ने प्रकृतिको दिर्घ रोगहरुमा नराम्रोसंग फँसेको छ  । यो समस्याको समाधान अस्पतालको स्थापना तथा चिकित्सकको पदपूर्तिले मात्र हुन सक्दैन  । यस्को निमित्त ग्रामिण खाद्यआपूर्ति पद्धत्ति मा सुधारको खाँचो हुन्छ  ।

आज हामी कन्दमूलले यो समस्यालाई सम्बोधन गर्नसक्छ कि भन्ने वहस गर्ने पक्षमा छौ  । स्वस्थ आहाराको साथसाथै औषधिको विकल्प हुने सम्भावना बोकेको हुदा पनि कृषिनीतिको मूलधारमा प्रवेश गर्न नसकेको यो अन्न उपर पून चर्चा गर्ने छौ  । यो क्षेत्रमा धेरै अनुसन्धान भएको छैन तर ग्रामिण जनजातीले परम्परागतज्ञानको आधारमा कन्दमूलको उपयोग प्रसस्त भएको उदाहरण देख्न र सुन्न पाईन्छ  । कृषिविज्ञानले टुहुरो अन्न (अर्फान्सक्रप) नामले चिनेको यो अन्न उपर पछिल्ला दिनमा धेरै अनुसन्धानहरु सम्पन्न भएका छन्  । याहाँ हामीले उपलब्ध भएसम्मका अनुसन्धान प्रतिवेदनहरुलाई केलाउन प्रयास गर्ने छौ  ।


नाइजेरिया स्थित नेशनल रुटक्रप रिसर्च इष्टिच्युटका वैज्ञानिक जुडे ओविडिग्वूको नेतृत्वमा क्यालिफोर्नीया र जर्मनका वैज्ञानिकले संयुक्तरुपमा गर्नुभएकोे पूनरावलोकन प्रतिवेदनलाई स्विटजरलैण्डबाट प्रकाशन हुने मोलिकुलर डाइभरसिटी प्रिजरभेसन ईण्टरनेशनलको फूड सेक्सनले सेप्टेम्वर २०२० मा प्रकाशन गरेको थियो  । कन्दमूलको औषधि महत्त्व सन्दर्भमा त्याहा उल्लेखित तालिका नं. ४ लाई परिसिष्टमा दिईएको छ  । त्याहा प्रयोग भएको शब्दहरु हाम्रा पाठकहरुको निमित्त सहज नहुन सक्छ  । तर कृषि, वन, चिकित्सा, प्रयोगशाला, फार्मेसी, रसायन विज्ञानका विद्यार्थीलाई ति शब्दहरु नौलो हुँदैन  । उक्त तालिकालाई याहा प्रस्तुत गर्नुको मूल उद्देश्य विश्व बजारमा बढ्दै गएको औषधिमूल्यलाई मध्यनजर राखेर नेपालमा उपलब्ध कन्दमूलहरुको वंशरक्षा तथा जनजातीमा रहेको परम्परागत ज्ञानलाई अभिलेखीकरण गर्न ठोस कार्यक्रमको आवस्यकता उपर प्राविधिकहरुको ध्यान आकर्षण गर्नु मात्र रहेको छ  । गत दुईवर्ष देखि हामीले प्रारम्भ गरेको कन्दमूल अभियानमा सरकारी चासो अपेक्षित मात्रामा नदेखिएकोले ध्यान आकर्षण गर्न नै यो तालिका प्रस्तुत गरेका हौं  ।


विदेशबाट रसायन आयात गरेर औषधि उत्पादन गर्ने उद्यमहरु धेरै भएपनि आजको दिनसम्म हामीसंग औषधिजन्य रसायन उत्पादन गरेर निर्यात गर्ने ठूला उद्यम स्थापना भएको छैन  । यस्तो अवस्थामा हामीले कन्दमूलबाट रसायन उत्पादन गर्ने कुरा सोच्न सक्दैनौ  । कच्चापदार्थको रुपमा निर्यात गर्ने मात्रामा पनि हामीले व्यावशायिक उत्पादन गर्न आवस्यक वीउको व्यवस्था गर्ने क्षमता पनि तत्काललाई राखेका छैनौ  । त्यसैले औषधि उत्पादनको लक्ष राखेर सरकार तथा कृषकलाई उत्प्रेरण गर्ने उद्देश्य यो वहसले राखेको छैन  । तर यथास्थानमा कन्दमूलको वीउवंश रक्षा गर्ने उद्देश्य यो वहसले त्यागेको छैन  । कन्दमूलको खाद्यसस्कृतिलाई पूनस्थापन गर्न सकेमा यो लक्ष प्राप्त गर्न सकिन्छ भन्ने विश्वास यो वहसले त्यागेको छैन  । माथी उल्लेखित पूनरावलोकन प्रतिवेदनमा खाद्य महत्त्वको साथमा वायो इञ्जाइमको श्रोत भनेर पनि उल्लेख गरेको छ  । हाम्रो गाउमा बाँझो रहन गएको जग्गालाई उपयोग गरेर ग्रामिण वृद्धवृद्धाको निमित्त आहारको व्यवस्था गर्ने विकल्प कन्दमूलले दिन सक्छ । कन्दमूलको व्यावशायिक उत्पादन नगरी वनवाट खोजेर चाडपर्वमा मात्र उपयोग गर्दा वाँकी रहेको वीउ पनि नष्ट हुन सक्छ  ।

त्यसैले भएकै वीउलाई वीजवृद्धिको लक्ष प्राप्त गर्न पनि घरेलु उपभोगको निमित्त उत्पादन प्रकृयामा लान आवस्यक पर्छ  । ग्रामिण वृद्धवृद्धालाई नसर्ने प्रकृतिका दिर्घरोग विरुद्ध रसायनिक औषधिको वदलामा औषधि गुणस्तरको कन्दमूल उपलब्ध गराउदा दिर्घकालिन विकल्प प्राप्त हुनसक्छ  । परम्परागत ज्ञानको जगमा जनताले कन्दमूललाई आयुर्वेदिक औषधिको रुपमा उपयोग गरिरहदा विदेशमा अनुसन्धानरत वैज्ञानिकहरुको निमित्त नेपाली सूचनाको स्रोत हुन सक्छन्  । यस क्रममा दिगो ग्रामिण पर्यटनको जग पनि बलियो हुन सक्छ  । पर्यटन प्रवद्र्धनमा आयातित अन्न भन्दा टुहुराअन्नको नै बढी महत्त्व हुने भएकोले हामीले कन्दमूल उपर निरन्तर वहस गर्ने जमर्काे गरेका हौं  ।


नेपालले कृषि क्षेत्रमा प्रतक्ष वैदेशिक लगानीको निमित्त नीतिगत व्यवस्था गरीसकेको हालको अवस्थामा कन्दमूलजन्य रसायन उत्पादन गर्ने कम्पनीलाई आकर्षण गर्ने विकल्प पनि खुल्ला राख्नु पर्छ  । सिचाई सुविधा भएको र सुगम स्थानको जमिन त त्यसै उपयोगमा आउछ  । हामीलाई त सिमान्तकृत जमिन पनि उपयोगमा ल्याउनु छ  । कन्दमूलको खोज अनुसन्धान गरेर वीउवृद्धि कार्यक्रममा तत्कालै जान सकिने सम्भावनालाई माथिको पूनरावलोकन प्रतिवेदनले संकेत गरेको छ  । लिवर्ड, रिम तथा विद्यार्थीले सम्पन्न गरेको साना र छोटा अनुसन्धान यस उद्देश्यको निमित्त प्रयाप्त हुदैन  । तर त्यस्ता अनुसन्धान प्रतिवेदनले कन्दमूलको खोज अनुसन्धान गर्ने जनशक्ति हामी आफैसंग पनि छन् भनेर प्रमाणित गरेको छ  ।

त्रिभूवन विश्वविद्यालयको केन्द्रिय रसायन विभागमा जडित उपकरणको उपयोग गरेर पनि हामीले आप्mनो उद्देश्यको रसायनिक अनुसन्धान गर्न सक्छौ  । यस कार्यको निमित्त धेरै बजेटको व्यवस्था गरीरहन पनि पर्दैन  । सरकार र मातहतका निकाय तथा विश्व विद्यालयहरुको इक्षाशक्ति जागेमा मात्र पनि यो कार्य गर्न सकिन्छ  । तर अहिलेको स्थितिमा हामीसंग प्रयोगशाला प्रयोजनको निमित्त आवस्यक उत्पादनसम्म पनि छैन । त्यसैले कृषि मन्त्रालय र मातहतका कार्यालयहरुले कन्दमूल प्रवद्र्धन कार्यक्रमलाई उपयुक्त स्थान देवोस भन्ने आसय यो वहसले राखेको छ  ।
वहसको प्रारम्भमा हामीले ग्रामिण जनजीवनमा वृद्धवृद्धाको बाहुल्यता र भयाभह हुदै गएको स्नायुसम्बन्धि रोगको चित्रण गरेका थियौ  । गाउमा युवाको अभावले असुरक्षा महसुस गरेका वृद्धवृद्धालाई त्यस्ता रोगले करापे पछिको मानसिक अवस्था कस्तो होला ? उनिहरुको उपचारमा कन्दमूल उपयोगी होला वा नहोला भनेर एकिन गर्न लामो अनुसन्धानको खाँचो हुन्छ  । तर माथी उल्लेखित पूनरावलोकन प्रतिवेदनलाई आधार बनाएर उनिहरुको आहारामा कन्दमूललाई पनि समावेस गर्न सकेमा वृद्धवृद्धाको आत्मवल बढाउनको साथै मानसिक उपचार गर्न सकिन्छ भन्ने सम्भावना भने देखीएको छ  ।

यो रणनीतिले दिर्घरोगको उपचार गर्न नसके पनि रोकथाममा उल्लेखनीय प्रगति गर्न सकिन्छ  । उनिहरुको समस्या कन्दमूलको बाली लिन आवस्यक श्रमशक्तिको अभाव हुन सक्छ  । यो समस्याको समाधान बोरामा मल भरेर कन्दमूल लगाउदा हुन्छ  । त्यसमाथी कन्दमूलको भतौराले पनि त्यो आवस्यकता पूरा गर्ने भएकोले विकल्पमा सोच्न सकिन्छ  । दोश्रो समस्यामा वर्षभरी कन्दमूल उपलब्ध नहुने हुनसक्छ  । त्यो समस्याको समाधान मौसममा उत्पादन भएको अतिरिक्त कन्दमूललाई पिठो बनाएर समाधान गर्न सकिन्छ  । आहाराको साथसाथै औषधिको उद्देश्यले कन्दमूलको प्रवद्र्धन गर्दा मौजुदा खेतीयोग्य जमिनको भूउपयोगमा कुनै परिवर्तन गर्न पर्दैन  । यो अन्नको उत्पादन प्रविधि तथा रोगकिराको पहिचान तथा समाधानको निमित्त धेरै अनुसन्धान हुनै बाँकी छ  । त्यसैको निमित्त पनि वीउवंशको रक्षा गर्न आवस्यक छ  । विश्वमा पहिचान भएका पाच छ सय प्रजातीका कन्दमूल मध्य हाम्रो याहा आठ दश वटा मात्र उपयोगमा छन्  । वाँकी धेरै कन्दमूल वनमा नै हराउदै गएका छन्  । तिनिहरुलाई संकलन गरेर वंशरक्षा गर्न पनि त्यत्तिकै आवस्यक देखिएको छ  । हामी प्रदेश सरकारलाई कन्दमूल उपर अनुसन्धान गर्ने उद्देश्यले सकृय होस् भन्ने विनम्र अनुरोध गर्न चाहन्छौ  ।

Facebook Comments