कन्दमुल प्रतियोगितामा कृषकहरु पुरस्कृत

कन्दमुल प्रतियोगिताका पुरस्कृत किसानसंगै आयोजक, मुल्यांकनकर्ता र अतिथिहरु

पोखरा, माघ ६ गते सोमबार

मकर संक्रान्तीका अवसरमा पोखरामा आयोजित कन्दमुल प्रतियोगितामा कन्दमुल विज वृद्धि र बजारीकरणमा लागेका किसानहरु पुरस्कृत भएका छन् । मकरान्न कन्दमुल प्रतियोगितामा लेखनाथका कन्दमुल उद्यमी टुकाराम लामिछाने प्रथम भएका छन् भने महतगौडाकी सावित्री भण्डारी द्वितिय भइन र कृस्तीका गणेश पराजुली तृतिय भएका छन् ।

प्रथम हुने किसान टुकाराम लामिछाने

प्रतियोगितामा प्रतियोगी किसानहरुको उद्यमलाई इन्द्रमणी लामिछाने, शुकदेव सुबेदी र सुरज चिलुवालले मुल्यांकन गर्दै किसानहरुको उद्यम मुल्यांकन गरेका थिए । किसानहरुले प्रतियोतिात्मक प्रदर्शनीमा पिडालु, तरुल, ओल, सखरखण्ड, कुरीलो , वन तरुल र गीठाहरुको प्रस्तुति गरेका थिए ।

बागवानी अनुसन्धान केन्द्रका कन्दमुल संग्रहले पनि धेरैको ध्यान तान्यो

किसानहरुको प्रस्तुतिलाई कृषि प्राविधिकहरुले व्यवसायिक उत्पादनको अभ्यास , जैविक विविधताको संरक्षणमा योगदान , लोपोन्मुख बालीको संग्रह र जातीय विविधताका आधारमा मुल्यांकन गरेको कृषिप्रविधिक इन्द्रमणी लामिछानेले बताए ।

रुचीपुर्वक कन्दमुलका प्रजातीहरु अवलोकन

पुरस्कृत कृषकहरुलाई प्राध्यापक जगन्नाथ अधिकारीले नगद सहित प्रमाणपत्रले पुरस्कृत गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, दाश्रो हुनेलाई ५ हजार र तेश्रो हुने लाई ३ हजार तथा सान्त्वना हुने २ जनालाई जनही एक हजारले पुरस्कृत गरिएको थियो ।

बैकल्पीक खाद्य तत्वका रुपमा परम्परागत भोजन संस्कृतिको माध्याम बनेको कन्दमुल अनुसन्धान र विकासका लागि प्रतियोगितात्मक कन्दमुल प्रदर्शनीले सकारात्मक बलपुर्याउने विश्लेषकहरुले बताएका छन् ।

कन्दमुल प्रतियोगिताका संयोजक शंकर आचार्यको अध्यक्षतामा भएको समारोहमा अतिथिय मन्तव्य दिदै प्रा. जगन्नाथ अधिाकारीले कनदमुल उत्पादन र परिकारको विकासले रैथाने क्षमताका अन्नहरुको बैकल्पीक उपलब्धतासँगै खाद्य आत्मनिर्भरतामा टेवा पुग्ने र ग्रामीण कृषि पर्यटनका माध्यमबाट रोजगार बजारीकरणमा समेत टेवा पुग्ने सम्भावना भएकाले अनुसन्धानत्मक क्षेत्रमा सहजिकरण गर्ने प्रतिवद्धता जनाए ।

रुचीपुर्वक कन्दमुलका प्रजातीहरु अवलोकन

कन्दमुल मेलामा किसान , बागमानी अनुसन्धान केन्द्र तथा हरिहर मन्दिर क्षेत्रमा उतपादन गरिएको विभिन्न प्रजातीको कनदमुल प्रदर्शनमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै ऋषिकृषि अनुसन्धानकर्मी कुलराज चालिसेले आगामी दिनमा स्थानीय र प्रादेशिक सरकारहरुको संस्थागत सहभागीताको अपेक्षा गरिएको बताए ।

आगामी वर्ष खोजपाठशालाको सहकार्यमा प्रादेशिक कन्दमुलको सम्भाव्यता अनुसन्धान गर्ने र कृषि पत्रकार समूहको सहभागीतामा प्रदेशका विभिन्न जिल्लामा कन्दमुल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको पनि चालिसेले बताए ।

पोखरामा आयोजित कन्दमुल प्रतियोगितालाई पोखरा महानगरीय कृषि तथा पशुविकास महाशाखा र प्रादेशिक भुमि, कृषि तथा सहकारी मन्त्रालयले मागमा आधारित प्रायोजन गरेका थिए ।

Facebook Comments