‘एक विश्व : एउटै स्वस्थ्य, मिलेर बनाऔं सबलाई तन्दुरुस्त’

पोखरा, माघ २६
पृथ्वीबासी जीव , वनस्पति र पर्यावरणीय श्रोतको आपसी अन्तरसम्बन्धका कारण रोगहरुको पनि अन्तरप्रभाव हुने गरेका कारण अव एकै विश्वमा एउटै स्वास्थ्य रणनितिको खाँचो रहेको विज्ञहरुले औल्याएका छन्  । मानव, पशु र पर्यावरण तीनबटै आयामहरुको एकिकृत स्वास्थ्य रणनिति बनाएर मात्र जीवहरुको अस्तित्व सुरक्षित हुन सक्ने, अन्यथा पशु, पानी र आहारा तथा वातावरणीय संक्रमणको जालोमा मानव स्वास्थ्यमा गम्भीर चुनौति आउन सक्ने अवस्था देखिएकाले विश्वभर एक स्वास्थ्य अवधारणाको विकास भइरहेको पनि विज्ञहरुले औल्याए  । गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहकार्यमा हालै पोखरामा आयोजित एक समारोहमा छलफल गर्दै सरोकारवाला क्षेत्रका विज्ञहरुले विश्वव्यापी एक स्वास्थ्य रणनितिका लागि भएका पहलहरुको चर्चा गर्दै गत वर्ष राष्ट्रिय रणनिति समेत बनेको र अव स्थानीय रणनितिका लागि प्रादेशिक सरकार तथा स्थानीय सरकारहरुले चासो दिनु पर्ने खाँचो औल्याए  ।

विस वर्षदेखि चर्चामा आएको एकै स्वास्थ्यका सबालमा नेपाल सरकारले गत वर्षमात्रै आफनो रणनिति बनाएको चर्चा गर्दै स्थानीय सरकारले आफ्नो कार्यक्षमता प्रभावकारी पार्न पनि रैथाने परिस्थीति व्यवस्थापनका लागि पशु, वाली र मानव स्वास्थ्यको एकिकृत प्रयोगशाला तथा उपचार प्रणाली अभ्यासमा ल्याउन जोड दिदै विमलकुमार निर्मलले जापानले एकिकृत उपचार प्रणालीको अभ्यास गर्दै आएको बताए  । पशु जगतका जीव र मान्छेमा पाचन प्रणाली मात्रै फरक र अन्य कुरामा धेरै समानता भएकाले पशुका रोग मानवमा सर्ने सम्भावना र औषधी पनि एक अर्कोलाई एकै खालको हुने गरेको अर्का सहभागी उमेश दाहालले बताए  । पशुस्वास्थ्य र मानव स्वास्थ्यलाई एकिकृत रुपमा व्यवस्थापन गर्न तिर लाग्न दाहालले आग्रह गरे  । नेपालमा पशुरोग जियनत्रणमा खोपको विकासले राम्रो प्रगति लिएको र विदेशबाट पनि माग भइआएको तर जनस्वास्थ्यका क्षेत्रमा खोपको आविस्कार गर्न नसकी परदेशकै भरपर्ने विडम्बना अझै रहेको हुँदा दुवै विभागहरुको एकिकृत प्रयास जरुरी देखिएको पनि दाहालले औल्याए  । एकिकृत स्वास्थ्य रणनिति निर्माण र पालनामा स्थानीय तथा प्रादेशिक सरकारले बाली उपचार, माटो उपचार, पानी उपचार, पशुपन्छी उपचार, जलचर उपचार, मानव उपचार र वातावरणीय स्वस्थताका सवालहरु सँगै खाद्यन्न र पोषण स्वस्थताका लागि एकिकृत प्रयासको खाँचो रहेकोमा जोड दिए  ।


प्रादेशिक कृषि सचिव सवनम शिवाकोटीको अध्यक्षतामा भएको छलफलमा विभागीय मन्त्री लेखबहादुर थापामगरले सम्बोधन गर्दै कृषि व्यवसाय प्रवद्र्धननितिको तर्जुमा गर्दा यो सबाललाई जोडेर लैजान सकिने संकेत गरे  । छलफलका क्रममा माछा विज्ञ गायत्रीराज वाग्लेले गण्डकी प्रदेशमा माछा पालनको स्थीति बारे चर्चा गरेका थिए भने किसानहरु नवलपुरका इन्द्रमणी भुषाल, कास्की मर्दी क्षेत्रका रुद्रनाथ पौडेल, रुपाताल क्षेत्रका लेखनाथ ढकालले व्यवसायिक माछापालनमा आइपरेका विज, दाना र विद्युत महशुल तथा ढुवानी व्यवस्थापनमा भोगेका चुनौतिका बारेमा सम्बोधन गर्न आग्रह गरे  ।


छलफलका क्रममा गण्डकी प्रदेशको जनस्वास्थ्य क्षेत्रको स्थीतिका बारेमा लक्ष्मण वास्तोला, जंगली जनावरको स्वस्थ्यका बारेमा विजयकुमार श्रेष्ठ, घरपालूवा पशुस्वास्थ्य र प्रतिजैविक प्रतिरोध नियमनका बारेमा गृष्म नेउपानेले छलफलपत्र प्रस्तुत गर्दै सहजीकरण गरेका थिए  ।

Facebook Comments