ऋषि कृषि डिजीटल सम्बादले उठाएको कृषि समाजशास्त्रको रचना गर्भ

रामचन्द्र बराल
पाका पुस्ताहरुमा एउटा भनाइ छ ,चुनौतीले चमत्कार जन्माउँछ । दुनीयाको इतिहास पढनेहरुले पनि यस्तै देखे, चुनौतिको चिराबाट नै चमत्कारको अंकुरण हुने गरेको । यतिबेला कोराना भाइरस प्रकोप जनीत संकटका कारण सृजना भएका घरवन्दी र व्यवसायिक क्रियाकलापहूरुको सुस्तताका कारण आर्थिक चुनौति त थपिएकै छ , सँगै रोग प्रतिरोधात्मक इम्युनीटी बढाउने औषधीय गुणका खाद्यान्न तथा लता–गुल्म–वनस्पति के–के होलान भन्दै मानिसहरु विकल्पका बस्तीहरु चाहर्न दौडिरहेका छन् । यो बेला कोहि आयुर्वेदको शास्त्र केलाउन उत्सुक देखिन्छन् भने केही वृक्षार्युवेदको श्लोक र मन्त्रमा वर्णन गरिएका शक्तिबद्र्धक बुटीहरुको पहुँचका लागि चलायमान भइरहेका छन् ।

यसै क्रममा नेपालबाट रोजगारीका लागि परदेशका विभिन्न अध्ययन तथा अनुसन्धान केन्द्रहरुमा काम गर्ने कृषि विज्ञानका विद्यार्थीहरु पनि फुर्सदीला बनेर डिजिटल दुनीयामा आफ्ना दौतरी दामलीको हालत बुझ्न र दिन कटाउन सम्बाद गर्दै जाँदा उहिलेका मानिसले यस्तो कालखण्डमा के खाएर आफुलाई धानेका होलान भन्ने खोजका विषयले प्रवेश पाउँछ । अन्तत प्राचीन कृषिमा भएका औषधीय गुण र तीनको उत्पादन तथा भोजनको व्यवस्थापन विज्ञानका बारेमा डिजीटल सम्बाद गर्नका लागि उनिहरु बीचमा उत्पेरणा जागृत हुन पुग्छ । त्यो उत्प्रेरणालाई कतिपयले आध्यात्म र कृषिको समायोजन भन्न चाहे , कतिले बैदीक कृषि पनि भने , कतिपयमा ऋषिहरुको अनुसन्धान र किसानहरुको कृषि कर्मका बारेको संयोजन भन्दै ऋषि कृषि सम्बादको स्वरुपमा प्रस्तुत गरे ।

‘हे प्राज्ञ पात्रहरु हो, आजसम्मको यात्रा के का लागि भयो, समिक्षा गरौं, डिग्री, रोजगार र पदका लागि दौड मात्र भयो कि समाजको समग्र समृद्धिका लागि योगदान गर्ने हैसीयतको रह्यो ?’


गत घटस्थापनाको प्रातकालमा भएको ऋषि कृषि डिजीटल सम्बादको एउटा संयोग के रह्यो भने पौराणिक कृषि विज्ञानका मन्त्रज्ञ ऋषि परासरकै खलकका सन्तती र वैदिक गायत्री मन्त्रज्ञ ऋषि विश्वामित्रका खलकका सन्ततीले यज्ञको वेदी तयार पारेर निम्तालुहरुको चाजोपााजो मिलाए । शरद मरहठ्ठा, रमेश खनालगोविन्द शर्मा धिताल समेतका त्रिभूवन विश्वविद्यालयका कृषि विधाका पूर्व विद्यार्थीहरुले आयोजना गरेको डिजीटल सम्बादमा सहभागीहरुले आफनो विद्यार्थीकालमा उतिबेला पढन नपाइएका गतिला कृषिशास्त्र र अनुसन्धानका बारेमा खोजखन्तर पार्दै चर्चाको चौतारीमा प्रस्तुत गरे । बहु आयामिक कृषि अनुसनधानमा आधारित मन्त्र र तथ्यहरु हिमालयका काखमा ऋषिहरुले उहिल्यै उत्पादन गरिसकेका रहेछन, पश्चिमा आधुनिक शिक्षाको नामा भौतारीदा आफ्नो पुर्वजको ज्ञानको उर्जा पहिचान गर्नबाट बन्चीत रहेकोमा पछुतो पनि प्कट गरे । प्राचिन ऋषि र कृषिका बारेको अन्तरसम्बन्ध केलाउँदै औषधीय गुणका अन्न तथा बनस्पति पहिचानका सम्भावना बारेमा ज्ञानहरुको दस्तावेजीकरण, विश्वविद्यालयमा विद्यावारिधी तथा पाठ्यक्रममा समावेशीताका लागि पहल थाल्ने समेत उनिहरुले बाचा गरे ।


आयुर्वेद विज्ञ छत्रपति दाहालले मानव इतिहासका कठिनतम परिस्थीतिहरुमा मानिसहरु औषधीय गुण युक्त आहारको खोजीमा प्रयत्नशील रहदारहदै विभिन्न धुरी, धारा र धराको विचरण तथा आहारका लागि जोहो गर्दै अन्न र वन्य खाद्यको महत्वसँग परिचित हुदै आएको सन्दर्भ केलाउँदै गर्दा शरद पराशरले दुनीयामा भक्ति मार्ग, अभक्ति मार्ग र आलोचनात्मक चेत मार्गको बहु आयामिक समन्वयबाट सभ्यताका दशा र दीशा निर्धारण हुँदै आएको तर्क अगाडी सारे । आलोचनात्मक चेतले नै रचनात्मक खोजमा प्रेरित गरेकाले सभ्यताको विकासमा विरोधाभाष भन्दा समन्वयात्मकताको अभ्यासले योगदान भएको पराशरले तर्क राखे ।

अग्नीहोत्री यज्ञले प्रकृतिको सन्तुलन र प्रजन्यको पुष्टिका लागि उहिलेका ऋषिज्ञानमा आधारित वातावरण विज्ञानको जोडिएको र औषधीय गुणका अन्न तथा वनस्पति एवं घिउको मिश्रणलाई अग्नीहोत्र प्रकृयाबाट रसायन उत्पादन गर्दै वायुमण्डलमा प्रवाहगर्ने र वायु शुद्धिकरण र औषधीय अन्न पुष्टीकरण अभियानमा किसानहरुलाई सहजिकरण गर्न यज्ञको लुप्त कार्यात्मक भूमिका रहेको


कतिपय पश्चिमा पाठशाला दिक्षीतहरुले अग्नीहोत्री यज्ञहरुमा अन्नको दोहन भएको चिन्ता प्रकट गर्दैरहदाँ लम्जुङ्ग कृषि क्याम्पसका अनुसन्धानकर्मी कुशल पौडेलले यज्ञमा मन्त्र—ध्वनी, पवित्र अन्नबीज, औषधीय वनस्पति र घृतका माध्यमसहित अग्नी तापको संयोजनबाट निश्रृत उर्जाले पर्यावरणीय सन्तुलनमा भूमिका खेल्ने कृषि रसायनको समिकरण प्रस्तुत गरे ।
अग्नीहोत्री यज्ञले प्रकृतिको सन्तुलन र प्रजन्यको पुष्टिका लागि उहिलेका ऋषिज्ञानमा आधारित वातावरण विज्ञानको जोडिएको र औषधीय गुणका अन्न तथा वनस्पति एवं घिउको मिश्रणलाई अग्नीहोत्र प्रकृयाबाट रसायन उत्पादन गर्दै वायुमण्डलमा प्रवाहगर्ने र वायु शुद्धिकरण र औषधीय अन्न पुष्टीकरण अभियानमा किसानहरुलाई सहजिकरण गर्न यज्ञको लुप्त कार्यात्मक भूमिका रहेको बारे उनले प्रस्तुत गरे ।


सूर्य, चन्द्र तथा नक्षत्रहरुको उर्जात्मक सन्तुलनले पृथ्वीका वनस्पति र जीव जगतमा पार्ने प्रभाव व्यवस्थापन तथा पृथ्वीको वनस्पति जगतका आहार–योग्य फल पातहरुमा पौष्टिक तत्व मिसाउन यज्ञ रासायनको प्रकृयात्मक भूमिका बारे कृषि विश्वविद्यालय पाठ्यक्रममा छुटाइनु नै नेपाली विद्यार्थीहरुको पूर्विय ऋषि कृषि परम्परासँगको सामिप्यता टुटाउने कारण बनेको वक्ताहरुको मत रह्यो ।
हे प्राज्ञ पात्रहरु हो, आजसम्मको यात्रा के का लागि भयो, समिक्षा गरौं, डिग्री, रोजगार र पदका लागि दौड मात्र भयो कि समाजको समग्र समृद्धिका लागि योगदान गर्ने हैसीयतको रह्यो ? जय ढूगेलले यो सबाल गरिरहँदा विदेशी पाठशालामा प्राध्यापन गर्दै आएका र नेपालकै कर्मचारी तन्त्रमा रहेकालाई चसक्क पार्ने नै भयो । यहि सबाल नै प्राज्ञ पात्रहरुका लागि प्राचीन कृषिमा ऋषिहरुको योगदान खोज्न प्रेरित गर्ने उर्जा थियो ।

डिजीटल कृषि सम्वादमा हाल संघीय कृषि मन्त्रालयमा कार्यरत बासुदेव काफ्लेले कृषि परासर, ऋग्वेद र अथर्ववेदमा कृषि अभ्यासका बारेमा उल्लेखित साहित्यहरुको उत्खनन गर्दे विश्वविद्यालयमा नविनतम पाठ्यक्रम निर्माणको खाँचो औल्याए ।
कतिपयले आफ्ना सम्वादको प्रेरक तत्व पहिल्याउन खोज्दै जीन्दगीका भोगाइले हो वा उमेरका कारणले होला हामी यो बैचारकि बहशमा उत्रिएको भन्दै प्रेम भण्डारीले सवाल गर्दा माटो र सन्तती प्रतिको सनातन दायित्वले मुखरित गरेको भन्नेहरु निकै थिए ।

चार थरी अन्नहरु : उपवास अन्न, बचाउने अन्न , मोटाउने अन्न र मत्याउने अन्न .
उपभोक्ता चरित्र : बीउ खाने, जीउ खाने र घिउ खाने .
बीउ खाने र जीउ खाने भन्दा बीउ र जीउ जोगाएर घीउ खाने मोडलका उपभोक्ताले मात्रै दिगो कृषिमा बल पुर्याउने


सम्बादकै क्रममा ऋषि कृषि खोज अभियानकर्मी कुलराज चालिसेले सूर्यको किरण र पानीको संयोगबाट निर्माण भएका अन्नहरु ः उपवास अन्न, बचाउने अन्न , मोटाउने अन्न र मत्याउने गरि चार थरी भएको बताउदै मैथुनिक र अमैथुनिक विधिबाट सृष्टि निरन्तर रहने र हरेक अन्नको चरित्रका आधारमा डिएनए निर्माण तथा परिमार्जन हुने गरेको तथ्य माथि ध्यानाकर्षण गराए । हरेक अन्नको चरित्रले भोजनकर्ताको चरित्र निर्माणमा प्रभाव पार्ने बताउँदै अन्न शुद्ध त आसन शुद्ध हुने, ७२ हजार नाडी तन्त्रलाई सुसुप्त वा जागृत गर्नमा भूमिका खेल्ने बताउँदै हिमालयको हलुङ्गो चोखो पानीको जरो र किरो दुवै ओखती हुनुको रहस्य बुझ्नु पर्ने तर्क गरे ।

नेपाली सन्दर्भमा योगी नरहरी नाथले ऋषि कृषि नामाकरण गर्दै देवघाटको बागेश्वरी मठको शिलामा प्रस्तुत लेखोटलाई नेपाली सन्दर्भको ऋषि कृषिको आधार विन्दु मान्नुपर्ने


चालिसेले उपभोक्ता चरित्रको पनि चिरफार गर्दै बीउ खाने, जीउ खाने र घिउ खाने ३ थरीका उपभोक्ता मध्ये बीउ खाने र जीउ खाने भन्दा बीउ र जीउ जोगाएर घीउ खाने मोडलका उपभोक्ताले मात्रै दिगो कृषिमा बल पुर्याउने तर्क गरे । नेपाली सन्दर्भमा योगी नरहरी नाथले ऋषि कृषि नामाकरण गर्दै देवघाटको बागेश्वरी मठको शिलामा प्रस्तुत लेखोटलाई नेपाली सन्दर्भको ऋषि कृषिको आधार विन्दु मान्नुपर्ने तर्फ ध्यानाकर्षण गरे ।


वैदिक समाजको सामाजिक वर्णनिर्धारण र कृषिमा श्रम व्यवस्थापनका बारेमा निलकण्ठ पोखरलेले निषाद, शुद्र, बैष्य, क्षेत्री, ब्राह्मण, देव , योगी र परमहंशका रुपमा समाजमा व्यक्ति र समुहको पहिचान तथा श्रम निर्धारण हुने गरेको बताउँदै कृषिका लागि नाफा र नोक्सानको हिसाव राख्ने वैष्यसंस्कृति नै व्यवसायिक कृषिका लागि प्रेरक हुने बताए ।


डिजीटल सम्बादमा नर्वेमा कार्यरत विशाल शिटौला देखि अष्ट–ज अभियानका अगुवा दुर्गादत्त पौडेल समेतले बन र कृषि जोडेर अध्ययन तथा उत्पादन मुलक काम गर्नु पर्नेमा जोड दिए । पूर्विय समाजका ऋषिमुनीहरुका कृषि सम्बन्धी अनुसन्धानहरु लुकाएर होइन, दस्ताबेजमा ल्याएर, प्रसारको मुल प्रवाहमा जोडेर ज्ञानको जर्गेना गर्नमा अव सरकार र वैज्ञानिक समुदाय लाग्नु पर्नेमा यमूना घलेले आग्रह गरिन् । समग्र समृद्धिका भूमिकामा योगदान दिने यस्ता अनुसन्धानात्मक कार्यमा नेपाल सरकारको नीति अध्ययन प्रतिष्ठानले सहकार्य गर्न उत्साहित हुने प्रतिष्ठानका अगुवा विष्णु उप्रेतिले प्रतिवद्धता समेत व्यक्त गरे ।


डिजीटल ऋषि कृषि सम्बादमा उठेका यी सबालहरुले अवको कृषि समाजशास्त्रको केन्द्रीय चासोको क्षेत्र पहिचान गर्न सार्वजनिक वहशको दायरा विस्तार गर्दै प्राज्ञिक विषय सिमा निर्धारणमा बल पुर्याउने देखिएको छ । वैदिक साहित्य देखि आधुनिक अभ्याससम्म जीव, वनस्पति र पर्यावरणबीचको सन्तुलनका लागि विकास गरिएका सामाजिक जुक्ती र युक्तीहरुका बारेमा अध्ययन अनुसन्धान गर्न गराउन समाज विज्ञानका विद्यार्थीहरुको पनि चासो विस्तार गर्न यो सम्बाद सृंखलाले प्रेरणा दिने अपेक्षा गरिएको छ ।

Facebook Comments