आधुनिक कृषि प्रविधि अवलम्वन गर्दै दलित कृषक

‘जीविकोपार्जन सुधारका लागि कृषि परियोजना’ले पोखरा महानगरपालिकाका विभिन्न स्थानमा दलित,अति गरिव तथा विपन्न वर्गका कृषकलाई प्लाष्टिकघर बनाउने तथा थोपा सिँचाइसहितको तरकारी खेतीको लागि सहयोग गरेपछि लाभग्राही कृषक दङ्गपरेका छन्।

संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रम तथा पोखरा महानगरपालिकाको संयुक्त आर्थिक साझेदारीमा असल छिमेकी सहयोग संघ (गोनेसा) द्वारा व्यवस्थापन गरिएको यस परियोजनाले पोखरा महानगरपालिकाको कृषि विकास महाशाखाको सहकार्यमा महानगरपालिकाका कृषिजन्य तथा ग्रामीण वडामा १००भन्दा बढी प्लास्टिक घर अनुदानमा निर्माण गरेर थोपा सिंचाई जडान,प्लाष्टिकमल्चिङसहित बीउबिजन समेत उपलब्ध गराएकोजानकारी परियोजनाका फिल्ड अधिकृत अनिल बाँस्तोलाले जानकारी दिए।

सामान्य जिविकामुखिखेती गर्दै आएका कृषकलाई आधुनिक प्रविधिसँगपरिचितबनाई आयआर्जन अवसर वृद्धि गर्ने लक्ष्य परियोजनाको रहेको छ।

खासगरी वर्तमान कोरोना भाइरसको महामारीबाट पिछडिएको वर्ग सामाजिक आर्थिक रूपमा विस्तापित नहोस् भन्ने मूल उद्देश्य सहित संचालित यस परियोजना जेठ २०७८सम्म सञ्चालनमा रहनेछ

Facebook Comments