आगामी वर्षको पशु क्षेत्र विकासमा अनुदानमुखी योजना घटाउँदै उत्पादन मूखी योजना बनाउन जोड

रामचन्द्र बराल/आरसी टाइम्स
सिरुबारी(स्याङ्गजा),माघ २०

गण्डकी प्रदेशको पशुपंक्षी तथा मत्स्य विकासका लागि आगामी वर्षका योजनाहरुमा अनुदान वितरणमुखी योजनाहरु घटाउँदै उत्पादन वृद्धिमा बल पुर्याउने योजना बनाउन सरोकारवालाहरुले जोड दिएका छन्  । नेपालकै पहिलो घरबास पर्यटनको नमुना मानिएको सिरुबारीमा गत शनिबार आयोजना गरिएको घुम्ती कार्यशालामा सहभागी भएका विकास साझेदारहरुले आगामी वर्षको योजना तर्जुमाका लागि प्रारम्भीक छलफल गर्दे विषयगत योजनाको मस्यौदा बनाउने क्रममा सरोकारवालाहरुले त्यस्तो सुझाव दिएका हुन  ।

प्रादेशिक पशु विकाश निर्देशक मनबहादुर पुनको अध्यक्षतामा सिरुबारी प्रेक्षालयमा भएको योजना तर्जुमा कार्यशालामा प्रदेशका विभिन्न पशुविकास विज्ञकेन्द्र, तालिम केन्द्र, प्रयोगशाला र अनुसन्धान श्रोत केन्द्र तथा उत्पादन फार्मका प्रतिनिधिहरुका बीच छलफल गरिएको छ  । छलफलका क्रममा प्रादेशिक कृषि मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख गृष्म नेउपानेले प्रादेशिक विकास योजनाका विषयगत क्षेत्रमा सम्बोधन गर्नु पर्ने सबालहरुको सहजिकरण गरेका थिए  । यसैगरि पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका तर्फबाट प्रेरणा सेढाइले एजेन्सी इकाइहरुको प्रभावकारी योजनाका लागि समेटनु पर्ने सबालहरुलाई सहजिकरण गरेकी थिइन्  । प्रादेशिक रुपमा भेटनरी अस्पताल र विज्ञ केन्द्रहरुको योजनामा सम्बोधन गर्नु पर्ने सबालहरुलाई सहजिकरण गर्दै पशु प्रयोगशाला प्रमुख केदारराज पाण्डेले हरेक विज्ञ केन्द्र र अस्पतालमा आधारभुत तहको प्रयोगशाला अनिवार्यरुपमा बनाउन र रहेक महिना नियमित प्रयोगशाला सुचनाहरुको रिर्पोर्टीङ्ग गर्ने अभ्यासका लागि आग्रह गरे  ।


कार्यशालालाई सम्बोधन गर्दै प्रादेशिक कृषि मन्त्री लेख बहादुर थापामगरले दीर्घकालिन योजनामा स्थानीय तहसँग सहकार्य गर्न सकिने बताउँदै सुपर जोन परियोजनामा पशुपंक्षी उत्पादन क्षेत्रलाई समावेश गर्न र पकेट—ब्लक विकास गर्न सकिने , मोडल फार्म छनौट र संचालनमा जटीलता देखिएपनि त्यसलाई निरन्तरता दिन तथा डाटा बैक निर्माण र नागरिक
संचारिकरणका कामलाई पनि समाबेश गर्न जोड दिएका छन्  । प्रादेशिक रुपमा उत्पादनमा विविधकरण सहित बढाउने, बजारीकरणमा टेवा पुग्ने, हरेक गाउँका बैकबाट कृषि कर्जा प्रबाह र कृषि सहकारीको ७० प्रतिशत तथा अन्य सहकारीको कम्तीमा ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्ने अभ्यासले मासु, अण्डा र दुधमा आत्म निर्भर बनाउनमा सहयोग पुग्ने ढाचामा सहकार्य गर्ने खालको योजना तर्जुमाको खाँचो रहेको मन्त्री थापा मगरको जोड छ  ।


कार्यशालाको समुहगत योजना खाका तर्जुमा क्रममा विज्ञ केन्द्रहरुका तर्फबाट शम्भुराज पाण्डे र वालकृष्ण श्रेष्ठले विज्ञ केन्द्र तथा भेटेरीनरी अस्पतालहरुको योजनाको खाका प्रस्तुत गरेका थिए भने तालिम केन्द्र तथा मत्स्य विकास श्रोत केन्द्रका तर्फबाट दिपा दियालीले योजनाको खाका प्रस्तुत गरेकी थिइन्  । कार्यशालाका क्रममा कृषि विकास रणनिति सहजकर्ता मिन प्रसाद बुढाथोकी, पशुरोग अन्वेषण प्रयोगशाला काठमाण्डौका डिकरदेव भट्ट, प्रादेशिक कृषि सचिव अच्युत प्रसाद ढकाल समेतले सम्बोधन गरेका थिए  ।

Facebook Comments