असोजमै सुन्तला पाके

निर्भीक नारायण, स्याङ्गजा
हामी सबैलाई थाहा छ सुन्तला खाने र पाक्ने समय भनेको कार्तिक मंसिरमा हो । तर भदौ असोजमा पनि सुन्तला पाकेर खान पाईन्छ भन्दा अचम्म लाग्न सक्छ तर स्याङ्जामा भने किसानले लगाएका सुन्तला भदौमा नै पाकेका छन ।
सुन्तलाका लागि उर्वर मानिएको स्याङजामा कार्तिक मंसिरमा पाकेका सुन्तला प्रस्तस्त पाईन्छ । तर स्याङ्जाको पुतलिबजार नगरपालीका वडा नम्बर १० आरुपाटाका पेम नारायण अधिकारी र वडा नम्बर ११ का मायाटारीका बोदराज अर्यालले लगाएको बेमौसमी सुन्तला अहिले नै पाकेका छन । जापानीज जातको सुन्ताला अन्य सिजनल सुन्ताल भन्दा छिटो पाक्ने हुदा बजारीकरण गर्न सहज र सबैमा लोक प्रिय पनि बनेको कृषक बोराज अर्यालले बताए । जमिनमा मात्र नभएर यो सुन्तला गमला, बाल्टी र बोरामा समेत रोपेर फलाउन सकिन्छ ।

यो सुन्तला सिजनल सुन्तला जस्तै पाकेर पहेलो हुदैन, बाहिर बाट देख्दा हरियो भए पनि भित्र पाकेको हुन्छ, यो सुन्तलाको बोक्रा समेत खान मिल्ने र यसभित्र बिया नहुने हुदा अन्य सुन्तलाको भन्दा यसको फरक विशेषता रहेको बताउछन कृषक पेम नारायण अधिकारी । देशमा करोडौको लागतमा बाहिरी देशबाट फलफुल आयात भईरहेका छन । यसरी ठुलो लागतमा हुने फलफुल आयातलाई निरुत्साहित गर्न बेमौसमी समयमा पनि उत्पान हुने सुन्तला जस्ता अन्य फलफुलहरु लगाउन तिनै तहका सरकारले कृषकलाई प्रोत्साहन गरी यसलाई प्रबर्दन गर्न आवश्यक रहेको वालिङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गुरुदत्त सुवेदिले बताए ।
बेमौसमि सुन्तलाको भाउ सिजनल सुन्तलाको भन्दा राम्रो छ । अहिले एक सय देखि दुई सय सम्मको भाउमा दुवै कृषकले करिब १ लाख सम्मको सुन्तला बेचेका छन । गएको वर्षमा स्याङ्जाका कृषकहरुले सिजनल सुन्तला मात्र करिब ८ करोडको बेचेका थिए । त्यसैले स्याङ्जालाई सुन्तलाबाट आत्मनिर्भर बनाउन यहाँका ११ वटै स्थानिय तहले गुरुयोजना बनाएर अगाडी बढ्नु पर्ने विश्लेषकहरुले बताएका छन् ।

Facebook Comments