अदुवा खेतीका लागि ग्रामीण किसानलाई बीउ वितरण

पोखरा, चैत्र २
जीविकोपार्जन सुधारका लागि कृषि परियोजना मार्फत ग्रामीण किसानहरुलाई अदुवाबाली उत्पादन तथा प्रसोधनका लागि अभिप्रेरित गर्न थालीएको छ  । असल छिमेकी सहयोग संघ (गोनेसा— नेपाल) को व्यवस्थापनमा सञ्चालित परियोजनाद्वारा गठित कास्कीकोट अदुवाबाली प्रवद्र्धन तथा व्यवस्थापन समितिको समन्वयमा अदुवा विउ वितरण गरिएको छ  । किसान समितिका संयोजक तारापति सुवेदीको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा पोखरा २४ का वडा अध्यक्ष ओम सुवेदी, महानगर कृषि विकास शाखा प्रमुख मनहर कडरिया, स्थानिय समाजसेवी, जनप्रतिनिधि, कृषि सञ्जाल लगायतको उपस्थितिमा बीउ वितरण गरिएको जनाइएको छ  ।
उक्त अवसरमा १५ ओटा अदुवा कृषक समूह मार्फत ३५० भन्दा बढी कृषकलाई सल्यानबाट ल्याइएको कपुरकोट जात अदुवा बीउ वितरण गरिएको छ  । कृषकको १० प्रतिशत लागत साझेदारी तथा परियोजनाका साझेदार निकायको ९० प्रतिशत अनुदान सहयोगमा कार्यक्रम सञ्चालन गरिएको परियोजनाका फिल्ड अधिकृत अनिल बास्तोलाले जनाए  । सो समारोहमा कुल ८२०० केजी अदुवा विउ वितरण गरिएको थियो  ।
आगामी वर्ष ८० टन अदुवा फलाउने र बीउ अदुवाको रूपमा बिक्री वितरण गर्ने उद्देश्य राखीएको छ  । स्थानीय किसानहरु बाँदरको समस्या, असिनाको समस्याबाट पीडित हुने किसानलाई क्षेति न्यून गर्न अदुवा रोजाइमा परेको किसानहरुले जानकारी दिएका छन्  ।

Facebook Comments